एजेन्सी –
उत्तरपश्चिम टर्कीएको एउटा होटेलमा भीषण आगलागी हुँदा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताए । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् ।
सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए । घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने ,’हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटेलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।’
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे ।‘यो एकताको दिन हो,’उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुने समेत बताए।
टर्कीए सरकारले होटेलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार नौ जनालाई पक्राउ गरिएको बताए।
आगलागी हुँदा करिब २३४ जना पाहुना होटेलमा बसिरहेका थिए ।