काठमाडौं–
मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको हो ।नेपालविरुद्ध उत्रिएको मलेसियाकी नुरीमनले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।
नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिँदै सर्वाधिक चार विकेट लिएकी थिइन् ।यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो ।
समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।