मदन राई बालिका यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर

काठमाडौं, माघ १३

कृषि विज्ञका रूपमा परिचित मदन राईलाई जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

सेयर गर्नुहोस्