राष्ट्रपति पौडेलबाट सहिद स्मारकमा पुष्पहार अर्पण

तनहुँ, माघ १६ गते

राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको छ ।

बुधबार उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उहाँहरूको शालिकमा पुष्पहार अर्पण गर्नुभएको हो । देशमा प्रजातन्त्र स्थापना गर्न पुलिमराङ गाउँका ६ जना सहिद भएका थिए । एउटै गाउँका धेरै जना सहिद भएकोले सो गाउँलाईलाई सहिदको गाउँ भनेर चिनिन्छ ।

२००७ सालमा राणा शासनका विरुद्ध आन्दोलनमा होमिएका धर्मध्वज गुरुङ र २०१८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध होमिएका लालध्वज गुरुङ, शमशेर गुरुङ, भारत गुरुङ सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ सहिद हुनुभएको थियो  । पुष्पहार अर्पणपछि उहाँले स्थानीय बासिन्दासँग भेटघाट भेटघाट गर्नुभएको हो ।

राष्ट्रपति पौडेल आजै लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलस्थित मङ्गला माध्यामिक विद्यालयको हिरक जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्