भरतपुर, भरतपुर–११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजले बुधबार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सिराइचुली होटेलमा आयोजित एक विशेष समारोहमा विद्यार्थी बिदाईदेखि पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कलेजका अध्यक्ष चुडामणी खनालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संकायमा ४ जिपिए ल्याउने १३ जना विद्यार्थीलाई सम्मान गरिएको छ । कलेजमा अध्यापन गराउने मध्य २ शिक्षकलाई सम्मान गरियो । यसैगरी २०१९ को बि.ई सिभिल, बि. ई कम्प्युटर र बि. ई ईलेक्टृकल ईलेक्ट्रोनिक्सका विद्यार्थीलाई बिदाइ गरिएको छ । उक्त अवसरमा विभिन्न संकायका विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति समेत देखाएका थिए । कलेजका प्रमुख प्रशासकीय अधिकृत बिनोद ढकालले संचालन गर्नुभएको कार्यक्रममा प्रबन्ध निर्देशक इन्जिनियर बाबुराम उपाध्याय, कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँ, प्रिन्सिपल प्राध्यापक डा. केशव दत्त अवस्थी लगायत सम्पूर्ण प्राध्यापक र विद्यार्थीहरुको सहभागिता थियो ।
