विराटनगरमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

१८ माघ, विराटनगर ।

मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो ।

प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्