काठमाडौं- प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत भत्काउन च्यालेन्ज दिएका छन्।
उनले सोमबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो च्यालेन्ज दिएका हुन्।
‘काठमाडौं महानगरको मेयर बालेन शाह तानाशाह हिटलरको शैलीमा गए। सरकारले यस विषयमा ध्यान दियोस्’ उनले भने।
साथै उनले बालेन तानाशाह हिटलरको शैलीमा गएको जिकिर गर्दै सरकारले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। ‘त्यो मेयर तानाशाह भएर निस्किएको छ। हिटलर जस्तै शैली देखियो,’ उनले भने।
काठमाडौं सातै प्रदेशको संघीय राजनधानी भएको बताउँदै उनले यहाँको मेयर जर्मनिमा हिटलरको उदय भएजस्तै त्यस्तै ठ्याक्कै हिटलरको शैलिमा हिजो २७ गते ११ बजे कबाडीमाथि डोजर चलाइएको उनले जिकिर गरेका छन्।
त्यहाँ डोजर चलाउँदा मजदुर घाइते भएको बताउँदै यसतर्फ सरकासरको ध्यानाकर्क्षण गराएका हुन्।
काठमाडौं सातै प्रदेशको राजधानी हो र संघीय राजनधानी हो। यहाँको मेयर जर्मनिमा हिटलरको उदय भएजस्तै त्यस्तै ठ्याक्कै हिटलरको शैलिमा हिजो २७ गते ११ बजे कबाडीमाथि डोजर चलाइयो र त्यहाँ मजदुर घाइते भए।