नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते

पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर दुई पक्षबीच झडप भएको छ।

पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न नपाउने अडान लिएपछि उत्पन्न तनाव झडपमा परिणत भएको हो।

भूमिपूजन रोक्न महानगरको अनुरोधमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति जटिल बनेको हो ।

यस घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। मानव सेवा फाउन्डेसनले कोटिहोम आयोजना गर्न बाराहीघाट क्षेत्र चयन गरेको छ । तर अनुमति नलिई काम अघि बढाएको भन्दै महानगरले आपत्ति जनाएको छ।

महानगरका प्रहरीसहित नेपाल प्रहरी पनि खटिएपछि कोटिहोम पक्षधर आक्रमणमा उत्रेका थिए । घाइते नगर प्रहरीलाई अस्पताल पुर्‍याइएको मेयर धनराज आचार्यले बताए ।

सेयर गर्नुहोस्