काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्मा सत्तापक्ष र प्रतिपक्ष घोचपेच गर्न नहुने भन्दै जनता र लोकतन्त्र समाप्त भए कोही नरहने बताए ।
‘आज देशमा निराशा छ, देश सङ्कटमा छ । बरु राष्ट्रिय मुद्दा तयार गरौँ र एकजुट हौँ’, सिंहको भनाइ छ ।






