शिक्षकहरू फेरि आन्दोलित, सडकमा शिक्षकहरूको महासागर

फागुन २४ , काठमाडौँ ,

बिगतका सबै सहमति सम्बोधन हुने गरि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिन भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा प्रदर्शन भएको हो । शनिबार काठमाडौँको बानेश्वरबाट माइतिघरसम्म गरिएको प्रदर्शनमा देशभरका हजारौँ शिक्षकहरु सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागीहरुले यसअघि भएका सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर , सबै शिक्षकलाइ एउटै पेन्सन प्रणाली लागु गर , लगाएतका नारा लगाएका हुन् ।

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई दवाव दिनका लागि प्रदर्शन गरिएको शिक्षकहरुको भनाइ छ । महासंघले प्रदर्शनका लागि उपत्यकाबाहिर रहेका शिक्षकहरूलाई काठमाडौँ बोलाएको थियो । फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।सरकारले व्यवस्था गरे त्यसको मूल्य सरकारले आफै बेहोर्नुपर्ने कुरा शिक्षक नेताहरुले बताएका छन्। शिक्षकहरुका अनुसार अब सधै सरकारले शिक्षकलाई ढाटेर गरेको पटक पटकको अपमान सहन नसक्ने बताएका छन्।


पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतिघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । आजको आन्दोलनमा महासङ्घले ७७ वटै जिल्लाहरूबाट लाखौंको सङ्ख्यामा शिक्षकहरू माइतीघर मण्डलामा उत्रिएको कुरा बताएको छ। आन्दोलनमा सहभागी हुनका लागि महासंघले विभिन्न समूहमा विभाजन गरेको थियो ।


यसअघि पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउदै विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिएपछि शिक्षकहरुसँग सरकारले सहमति गरेको थियो । तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरु पुनः आन्दोलित भएका हुन् ।

सेयर गर्नुहोस्