दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ ।

त्यस क्षेत्रको आगो भने एक घण्टामै निभाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भयानक वन आगलागी भइरहेको छ ।

तीव्र हावा र सुक्खा मौसमका कारण धेरै ठाउँमा आगलागीले ठूलो विनाश निम्त्याएको छ । आगलाीमा परेर अहिलेसम्म पाइलटसहित ३१ जनाको ज्यान गएको छ ।

यो दुर्घटना कोरियाका अग्नि नियन्त्रण अधिकारीहरूका लागि ठूलो धक्का भएको खबरमा उल्लेख छ ।

 

सेयर गर्नुहोस्