भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज (बिहीबार)त्रिवेणीमा अन्त्येष्टि गरिएको हो ।
आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो ।
शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो ।
सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर गएका थिए ।