२०८२ सालमा सञ्चालन हुने एसईई परीक्षाको रजिष्ट्रेसन फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले विद्यालय र विद्यार्थीलाई सूचित गरेको छ। बोर्डले सूचना जारी गर्दै आजदेखि आगामी जेठ ११ गतेभित्र फाराम भरिसक्न विद्यालय र विद्यार्थीहरुलाई सचेत गराएको हो।
शैक्षिक सत्र २०८२ मा कक्षा १० मा साधारण, परम्परागत (संस्कृत वेदविद्याश्रम गुरुकुल मदरसा, गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीलाई ०८२ सालको एसईई मा समावेश हुनको लागि फार्म भर्न अनुरोध गरेको हो।