चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज बिहान सात घास काट्न गएका सोही ठाउँका ६८ वर्षिय पदमबहादुर राना मगर बेपत्ता भएका हुन् ।
मगर अन्य तीन जना सहित घाँस काट्न वन प्रवेश गरेका थिए । अन्य व्यक्ति सम्पर्कमा आएपनि उनी आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । कतिपयले मगरलाई बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरेका छन् । अहिले बेपत्ता मगरको खोजीका लागि नेपाली सेना सहित प्रहरीको टोली खटिएको खनालले बताए ।