जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले भिजिट भिसाका नाममा निरन्तर मानवतस्करी भएको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकार डराएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले संसदीय समिति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे । त्यस्तै शाहीले केही महिना अघि खानेपानीमन्त्रीले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज नहुने प्रतिबद्धता जनाए पनि अहिले खारेज भएको भन्दै आपत्ति जनाए ।

उनले जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ र शाहीले धारणा राखेपछि दुई दलका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । रासस

सेयर गर्नुहोस्