सप्तगण्डकी बहुमुखी क्याम्पसले सूचना प्रविधि (आईटी) क्षेत्रमा व्यावहारिक शिक्षा र रोजगारीमुखी अवसर विस्तार गर्ने उद्देश्यले दुई निजी आईटी कम्पनीसँग सहकार्य गरेको छ।
आज (शुक्रबार) बिटम्याप सोलुसन प्रा. लि. तथा इन्टेल्जी सफ्टवेयर प्रा. लि. को र क्याम्पससँग औपचारिक रूपमा सम्झौता भएको हो। सम्झौता पत्रमा बिटम्यापका सुदीप पराजुली र इन्टेल्जीका सहित बरालले हस्ताक्षर गरेका छन्।
क्याम्पस प्रमुख खिम दाहालका अनुसार बीसीए, बीएमआइटी र बिआइसिटिइ कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीले इन्टर्नशिप, कार्यशाला तालिम, संयुक्त अनुसन्धान तथा रोजगारीका अवसर पाउने छन्। यस्तै विद्यार्थीलाई सफ्टवेयर विकास प्रक्रिया, वास्तविक आईटी परियोजनामा संलग्नता, नवप्रवर्तनमूलक कार्य र पेशागत अनुभव प्रदान गरिने छ ।