ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

२०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित गरेको यो सम्भावित फैसलासँगै, बोल्सोनारो देशको इतिहासमा लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति बनेका छन् । अभियोजकहरूले उनले गरेको अहिलेसम्मको सबैभन्दा जघन्य कार्यलाई अवज्ञाको रूपमा वर्णन गरेका छन् । उनी अब २७ वर्ष जेलमा बस्नुपर्नेछ । यो फैसला ४-१ ले पारित भएको थियो । बोल्सोनारोलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ ।

बोल्सोनारो भाग्न सक्ने आशंका पछि उनलाई घरमै नजरबन्दमा राखिएको थियो । अन्तिम सुनवाइका लागि उनी अदालतमा उपस्थित भएका थिएनन् । यो सबै आफूलाई २०२६ को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट रोक्न गरिएको बोल्सोनारोले बताउँदै आएका थिए ।

सेयर गर्नुहोस्