सुनको चाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम

नेपाली बजारमा सुनको चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार चाँदीको मूल्य पनि बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको थियो। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।

सेयर गर्नुहोस्