नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका माओवादी केन्द्रका अध्यक्षप्रचण्ड र समाजवादीका अध्यक्ष नेपाल नियमित काममा फर्किएका हुन् ।

प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाडाँको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए ।

उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरको जलेको घर अवलोकन गरेका छन् । शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे । फाइल फोटो

सेयर गर्नुहोस्