सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

नेपाली बजारमा सुनको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज (मंगलबार) सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा पनि तोलामा ९५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्