अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा इन्जिनियर सुशिल कार्की (अब्दुल) चयन भएका छन् ।
जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनबाट इन्जिनियर कार्कीलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो ।
सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष चोक बहादुर गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्।
त्यस्तै, सचिवमा सिद्दान्त मगर र सह–सचिवहरूमा अनुस्का मानन्धर, युनिक सापकोटा, सुसान्त बिसुराल, मधुसुधन अधिकारी, बिकसित शर्मा र सुरज परियार चयन भएका छन्।
कोषाध्यक्षको जिम्मेवारीमा उपास्ना भण्डारी चयन भएकी छिन्।