सेन्ट्रल मोडेल कलेज भरतपुरले बिआइटिएम (व्याजलर इन इन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट) कार्यक्रममा ६६ लाख रुपैंया सम्मको छात्रबृत्ति एकैदिन प्रदान गर्ने भएको छ । कलेजले छात्रबृत्ति प्रदान गर्नका लागि असोज ३१ गते (अक्टोबर १७) मा ग्राण्ड एडमिशन डे को आयोजना गरेको छ । स्थापनाको बर्षमै उत्कृष्ट नतिजा दिन सफल कलेजले बिआइटिएम कार्यक्रमका लागि सय प्रतिशतसम्म तिहार बिशेष छात्रबृत्ति घोषणा गरेको छ ।
विद्यार्थीले लर्निङ बाइ डोइङ आधारित कार्यक्रम,बुक फ्रि फ्राइडे,फिल्ड भिजिट, र चितवन आइटी हव एक्सपोजर जस्ता अवसर पाउँदै आधुनिक प्रविधि र व्यवस्थापन दुवै क्षेत्रमा व्यवहारिक दक्षता हासिल गर्न सक्नेछन । कलेजका प्रिन्सिपल डा.टिआर चालिसे भन्नुहुन्छ,बिआइटिएम केवल सूचना प्रविधिको अध्ययन होइन,भविष्यका डिजिटल लिडर तयार पार्ने अभ्यास हो । त्यसका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा सम्भव छ ।
कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले कलेजले आइटी र म्यानेजमेन्ट दुवै क्षेत्रमा व्यवहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई सफल भविष्यतर्फ अग्रसर गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, नेपालमै अवसर छैन भन्ने सोच गलत हो,अवसर देशमा होइन सोचमा हुनुपर्छ । उहाँले विदेशमा लाखौं खर्च गरेर पाइने गुणस्तरिय व्यवहारिक शिक्षा यहाँ सर्वसुलभ रुपमा उपलब्ध गराउछौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको बिआइटिए र बिएचएम कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न सुविधा उपलब्ध गराएको छ । ग्राण्ड एडमिसन डे मा सहभागि भई आफ्नो भबिष्यको गन्तव्य तय गर्न कलेजले सबैमा आब्हान गरेको छ ।
 
					

 
		




