सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

शुक्रवार सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जस अनुसार सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।

बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्