चितवनका १५ वटा लायन्स/लियो क्लवको संयुक्त पदस्थापन

नारायणगढ लायन्स क्लवलगायत १२ वटा लायन्स र ३ वटा लियो क्लवको आज (सोमबार) चार्टर क्लव सार्वजनिक, पदस्थापन तथा संयुक्त पदभार ग्रहण समारोह सम्पन्न भएको छ ।

नारायणघाटमा भएको भव्य समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपाल, क्लस्टर ४ रिजन १३, १४ र १६ अन्तरगतका १२ लायन्स क्लव र ३ वटा लियो क्लवको संयुक्त कार्यक्रम गरिएको हो । उक्त समारोहमा भर्खर मात्रै स्थापना भएको ‘लायन्स क्लव अफ चितवन युनिटी’ लाई चार्टर प्रमाण पत्र प्रदान गर्दै सार्वजनिक गरिएको थियो । स्पोन्सर क्लव लायन्स क्लव अफ नारायणगढ नारायणीले कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर नवराज सापकोटाको हातबाट चितवन युनिटीलाई चार्टर प्रमाण पत्र प्रदान गरेको थियो ।

यस्तै कार्यक्रममा नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी, लायन्स क्लव अफ बालकुमारी कलेज, लायन्स क्लव अफ नारायणगढ दियालो, लायन्स क्लव अफ चितवन न्यू भ्वाइस, लायन्स क्लव अफ भरतपुर इन्द्रेणी, लायन्स क्लव अफ गोल्डेन लेडिज, लायन्स क्लव अफ नारायणी क्रियटिभ, लायन्स क्लव अफ नारायणगढ पुष्पाञ्जली, लायन्स क्लव अफ चितवन प्रोफेसनल्स, लायन्स क्लव अफ चितवन कर्पोरेट, लायन्स क्लव अफ चितवन युनिटी र लियो क्लव अफ नारायणगढ, लियो क्लव अफ दियालो र लियो क्लव अफ बालकुमारी कलेजका नयाँ अध्यक्ष तथा पदाधिकारीहरुको सपथसंगै पदभार ग्रहण गराईएको थियो । यस्तै नारायणगढ लायन्सलगायतका क्लवहरुमा आवद्ध भएका नयाँ लायन्स सदस्यहरुलाई समेत सपथ खुवाईएको थियो ।

नारायणगढ लायन्स क्लवका वर्ष २०२५/२६ का अध्यक्ष सनद कुमार पियाको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाइस गर्भनर प्रभाकर पण्डित, द्धितीय भाइस गर्भनर दीपेन्द्र खतिवडा, निवर्तन गर्भनर दिननाथ न्यौपाने, सिनियर डिपार्टमेन्ट को–अडिनेटर निरज श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा क्लवका नयाँ अध्यक्षहरुले हालसम्म गरेका काम र आगामि दिनमा गर्ने कार्यक्रम बारे जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्