विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएई ओडिआई शृंखलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा पहिलो खेलमा युएईसंग नेपाल पराजित भएको थियो । लगातार ३ खेल हारेको नेपाल आज यो सिरिजमा सान्त्वना जितको खोजीमा छ ।

पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

सेयर गर्नुहोस्