एकै दिन सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो

स्थानीय बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार भने एक तोला सुनको कारोबार २ लाख ४३ हजार ३ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भइरहेको छ ।

सेयर गर्नुहोस्