गौतम बुद्ध रंगशालाको विवादमा बोल्यो भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा सिताराम कट्टेल धुर्मुसको आरोप र सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका टिकाटिप्पणीबारे प्रतिक्रिया दिएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा विज्ञप्ति जारी गर्दै महानगरपालिकाले धुर्मुसको आरोप र सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका टिकाटिप्पणीबारे प्रतिक्रिया दिएको हो ।

‘राज्यको कोषबाट निजी संस्थाको दायित्व भुक्तानी गर्नु अत्यन्त संवेदनशील र कानुनी रूपमा जटिल विषय हो । कुन ऐन–दफा अनुसार धुर्मुस सुन्तली फाउन्डेशनबाट संरचना खरिद गर्न सकिन्छ भन्ने फेला पार्न नसकिएको हुँदा यसबारे कानुनविद्, खरिद विज्ञ, प्रशासक तथा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल भइरहेको छ, ‘ विज्ञप्तिमा भन्निएको छ ।

महानगरका अनुसार संघीय सरकारबाट प्रदान गरिएको सशर्त अनुदान खर्च गर्दा मार्गदर्शन, मापदण्ड र कार्यविधि स्पष्ट हुनुपर्नेमा हाल प्राप्त निर्देशन अपूरो रहेको र थप मार्गनिर्देशन मागिएको छ । प्रेस विज्ञप्तिमा भुक्तानी प्रक्रियामा संलग्न कर्मचारी तथा पदाधिकारीले भविष्यमा कानुनी जटिलता भोग्न नपर्ने गरी समाधान खोजिरहेको उल्लेख छ । महानगरले वैधानिक प्रक्रिया पूरा नगरी हतारमा निर्णय गर्न नसकिने र भावनात्मक दबाबमा प्रशासनिक कार्य सञ्चालन नहुने स्पष्ट पारेको छ ।

सेयर गर्नुहोस्