आफैँले चलाएको गाडी भिरबाट खसेपछि ज्यान गुमाएका थिए समाजसेवी न्यौपानेले,देवघाटमा गरियो अन्त्येष्टि

दुर्घटनामा परी निधन हुनुभएका समाजसेवी राममणि न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । शनिबार राति सवारी बा १८ च ८९७३ नं को बलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उहाँको निधन भएको थियो ।

कङ्काली सामुदायिक वनका पूर्वअध्यक्ष एवं संरक्षण क्षेत्रमा क्रियाशील न्यौपाने आफैँले चलाउनुभएको बोलेरो सडकदेखि करिब १५० मिटर तल खसेको थियो । घाइते न्यौपानेको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । ६२ वर्षीय न्यौपाने खैरहनी नगरपालिका–४ निवासी हुनुहुन्थ्यो । न्यौपानेको आज तीर्थस्थल देवघाटमा हिन्दू परम्पराअनुसार दाहासंस्कार गरिएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहनुभएको न्यौपाने यसअघि प्रदेशसभा सदस्यमा वागी उम्मेद्वार हुनुहुन्थ्यो । उहाँ रोटरी, रेड्क्रससँगै विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील हुनुहुन्थ्यो । खैरहनी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन उहाँको महत्वपूर्ण योगदान रहेको छ । रासस

सेयर गर्नुहोस्