रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले दिए पदबाट राजीनामा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् । यद्यपि उनले पार्टीबाट राजीनामा नदिएको बताएका छन् । संचारकर्मीसंग कुरा गर्दै विष्टले भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको छु ।’

राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए । बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए । पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएको विष्टले बताए ।

सेयर गर्नुहोस्