सुनको मुल्य दुई लाख ५० हजार नाघ्यो

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँ  कायम भएको  थियो।

त्यस्तै आज शुक्रबार चाँदीको मूल्य भने तोलामा ६५ रूपैयाँ वृद्धि भएको छ ।

बिहीबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सेयर गर्नुहोस्