नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टीको १५ महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् । थापाले हिमालय टेलिभिनको यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीको आकांक्षा व्यक्त गर्दै १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने घोषणा गरे ।
‘अधिवेशनको थिति–मिति तय भएपछि म पहिलोपटक यो अन्तर्वार्तामा बसेँ’, उनले भने, ‘म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कंग्रेसका बहुसंख्याक साथीहरूले १५औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ ।’ उनले पहिलादेखि नै सभापतिको उम्मेदवार घोषणा गर्ने कुरा मनमा राखेर बसेको उल्लेख गरे ।
महामन्त्री थापाले एकपटक देशको नेतृत्व गर्ने चाहना भएको समेत बताए । ‘पार्टीको नेतृत्व म गर्न चाहन्छु, र नेपाली कांग्रेस पार्टीलाई नागरिकहरूले विश्वास गरेको पार्टी बनाएर त्यो नेतृत्व गर्दै गर्दा म एकपटक नेपालको नेतृत्व गर्न चाहुन्छ भन्नेछ’ उनले भने । नेपाली कांग्रेसले आगामी २६–२८ पुसमा काठमाडौंमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ ।







