एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट ऊर्जामन्त्री कुलमान घिसिङ र अभियन्ता खगेन्द्र सुनार नेतृत्व पछि हटेका छन् । ऊर्जामन्त्री घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट पछि हटेका हुन् ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति १० मंसिरमा बनेको थियो । उक्त निर्णयबाट दुई दल पछि हटेका हुन् ।







