मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।
आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो ।
पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा कार्की नेतृत्वको सरकार गठन भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन बहिष्कार गर्दै सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने नीति तय गरेको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने पनि निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
महासचिव गौरवद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा बामपन्थी शक्तिकाबिच राष्ट्रिय राजनीतिक सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरेर आन्दोलन उठाउने र आन्दोलनको बलमा स्वाधिन संयुक्त सरकार गठन गर्ने जनाएको छ । त्यसैगरी पार्टीले प्रतिक्रियावादी संविधान खारेज गरी जनसंविधान निर्माणलाई अगाडि बढाउने कार्यनीति पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पार्टीको धारणा सार्वजनिक गर्न सो पत्रकार सम्मेलन गरिएको थियो ।







