सामाजिक कार्यमा सक्रिय लायन्स क्लव अफ चितवन राइजले दक्षिणी भेगमा अवस्थित माडीमा एकैदिन ४ वटा कार्यक्रम गरेको छ । शिरिष पन्तको नेतृत्वमा रहेको क्लवले क्यान्सर पीडितलाई आर्थिक सहयोगदेखि स्टेशनरी सहयोगसम्मको कार्यक्रम गरेको हो ।
क्लवले सोमबार क्यान्सर पीडित चित्रकला पाठकलाई २५ हजार रुपैयाँ गरेको छ । माडी–४ की पाठकलाई क्यान्सर रोगको उपचारका लागि आर्थिक अभाव भएपछि क्लवले सहयोग स्वरुप २५ हजार रुपैयाँ सहयोग गरेको क्लवका अध्यक्ष शिरिष पन्तले जानकारी दिए ।

यस्तै क्लबले माडी नगरपालिका–३ मा रहेको पौवारी टोलमा विपन्न विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेको छ । त्यस्तै माडीको सुदूरपूर्वमा रहेको आधारभूत विद्यालय कान्तिपुरमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । क्लवले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको विश्वप्रकाश माध्यमिक विद्यालयमा समेत शैक्षिक सामग्री प्रदान गरिएको छ। लायन्स क्लब अफ चितवन राइजका अध्यक्ष शिरिष पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमहरूको प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर नवराज सापकोटा रहेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथि निवर्तमान गभर्नर दिनानाथ न्यौपाने तथा फर्स्ट भाइस डष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित रहेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट कोषाध्यक्ष विकास पौडेल, आश्विन गोले, कैलाश थापा, माडी–४ का वडाध्यक्ष माधव चापागाईं, वडा नम्बर ८ का वडा अध्यक्ष वीरेन्द्र भण्डारी, फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेल, युवा व्यवसायी रामचन्द्र लम्साल, साहित्यकार विपिन पाठक लगायतको उपस्थिति रहेको थियो।








