एमाले अध्यक्षमा ओली , महासचिवमा शंकर पोख्रेल विजयी

नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

सेयर गर्नुहोस्