राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल हुदैँ रुपन्देहीको भैरहवाका लागि निस्किएका छन् ।
भर्खरै रवि भरतपुर विमानस्थलबाट ल्यान्ड भएर यहाँबाट रुपन्देहीको भैरहवाका लागि निस्किएका हुन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन आएका हुन् ।
भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौं एयरपोर्टमै रोकिएका थिए ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकम बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।







