चैत १५ पछि आज घण्टीघरमा भित्रिँदै रास्वपा सभापति रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार)पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार नक्खु कारागारबाट रिहा भएका सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्।

रास्वपा प्रवक्ता मीनष झाले भने, ‘आज दिउँसो ३ बजे सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम छ।’ उनका अनुसार सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै छन्। ‘यसअघि उहाँ अन्तिमपटक गत चैत १५ गते पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो’, प्रवक्ता झाले भने।

सेयर गर्नुहोस्