अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। त्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाभित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार तीन दिन यता चिसो बढेपछि महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

उक्त बिदा वर्षे सट्टे विदाबाट कट्टा गरिने उनी बताउँछन्।

सेयर गर्नुहोस्