रेवान सौराहाको अध्यक्षमा शम्भुप्रसाद माली चयन

रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको अध्यक्षमा शम्भुप्रसाद माली चयन भएका छन् । सो संस्थाको १९ औ वार्षिक साधारण सभा तथा १० औ अधिवेशनले मालीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो ।

समितिको प्रथम उपाध्यक्षमा कुमार जोशी, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद खतिवडा, तृतीय उपाध्यक्षमा पुरुषोत्तम लामिछाने, महासचिवमा नवीन नेपाल, कोषाध्यक्षमा रोजनाथ पाठक, सचिवमा रामकुमार गुरौं र सहकोषाध्यक्षमा घनश्याम चौधरी चयन भएका छन् । सदस्यहरूमा ईश्वर प्रसाद रिजाल, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्रबहादुर कुमाल, सन्चा तामाङ, माधव चापागाईँ चयन भएका छन् । साधारण सभा तथा अधिवेशनले २० औ फुड फेस्टिभल संयोजकमा द्वितीय उपाध्यक्ष कृष्णप्रसाद खतिवडा चयन गरेको छ ।

सर्वसम्मत निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक समेत रहेका रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहालले पद तथा गोपनीयताको सपथग्रहण तथा निर्वतमान अध्यक्ष ध्रुव गिरीले पद हस्तान्तरण गरेका थिए ।

संस्थापक अध्यक्ष दाहालको नेतृत्वमा पूर्वअध्यक्षहरू पुरुषोत्तम श्रेष्ठ, सुवासचन्द्र गौतम, सीताराम कुमाल, राजन भट्ट, गोकर्ण गिरी, दीपेन्द्र खतिवडा, नरेश गिरी, ध्रुव गिरी सदस्य रहेको निर्वाचन समितिले रेवानको सर्वसम्मत नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष मालीले सौराहाको पर्यटन विकास, सौन्र्दयीकरण तथा फूड फेस्टिभललाई व्यवस्थित रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन ।

सेयर गर्नुहोस्