कोरियाका पाँचबढि कलेज युनिभर्सिटीसंग सेन्ट्रल कलेजको सम्झौता

कोरियाका पाँचबढि कलेज युनिभर्सिटीसंग सेन्ट्रल कलेजको सम्झौता गरेको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलको कोरिया भ्रमणका क्रममा विभिन्न कलेजहरुसंग दुइपक्षिय सम्झौता भएको हो । कोरियाको किउगउन युनिभर्सिटी गुमी, दाइसिन युनिभर्सिटी देउगु, सिल्ला युनिभर्सिटी बुसान, अल्सान कलेज अल्सान लगायत कलेज युनिभर्सिटीसंग सम्झौता भएको हो । यस्तै एशिया कोरियन एजुकेशन साउथ कोरियामा सेन्ट्रल कलेजले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सेन्ट्रल कलेजबाट कोरियाका कलेजमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अध्यनन अध्यापनमा छात्रबृत्तिसहित विभिन्न सुविधिका बिषय उल्लेख गरिएको छ ।स्टडी इन जापानका लागि अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेज पछिल्लो समय स्टडी इन दक्षिण कोरियाका लागि पनि हब बन्न थालेको छ । यहाँबाट भाषा कक्षा लिएर उच्च शिक्षा अध्ययनका लागि कोरिया जाने विद्यार्थीको संख्या बढेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले सिधै कोरियाका कलेजमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु धमाधम पठाइरहेको कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँका अनुसार (डि टु र डि फो) दुई प्रकारको विद्यार्थी भिसामा कोरियामा अध्ययनका लागि विद्यार्थी पठाउने गरिन्छ । डि फोर माध्यमबाट कोरियामा भाषा कक्षा पढेर त्यहाँका कलेज युनिभर्सिटीमा अध्ययन गर्न सकिन्छ ।

यस्तै डि टु मार्फत आइएलटिएसमा ५.५ र एकेडेमिमा २ं.८ जिपिए ल्याएका विद्यार्थी सिधै अंग्रेजी माध्यामबाट अध्ययनका लागि कोरिया जान सक्नेछन । कलेजले अहिलेसम्म सयौं विद्यार्थी अध्ययनका लागि कोरिया पठाइसकेको प्रिन्सिपल पौडेलले बताउनुभयो । ‘धेरै विद्यार्थी कोरिया अध्ययनका लागि जाने तयारीमा हुनुहुन्छ,पौडेलले भन्नुभयो,जापान जत्तिकै प्राथमिकता दिएर काम गरिरहेका छौं ।’ उहाँले कोरिया अध्ययनका लागि जाने विद्यार्थीलाई सेन्ट्रल कलजेले स्कलरसिप कोटाहरुमा पठाइरहेको बताउनुभयो । सस्तो शुल्क र स्कलरसिपका कारण कोरियामा विद्यार्थी आकर्षित भएका हुन ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा,युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

     

सेयर गर्नुहोस्