सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा फागुन २१ मा चुनाव हुनुपर्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
चुनावको विकल्प नभएको र फागुन २१ मा चुनाव हुनुपर्ने प्रचण्डको भनाइ रहेको सञ्चारमन्त्री खरेले बताए । प्रचण्डलाई भेटेपछि सञ्चारमन्त्री खरेल भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’







