राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति भएसँगै माघको पहिलो सातामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
आज (आइतबार) बिहान रास्वपासँगको ७ बुँदे सहमति भएसँगै बालेनले मेयर पदबाट माघको पहिलो सातामा राजीनामा दिने भएका हुन् । उनले महानगरको सबै प्रक्रिया पुर्याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ।
सहमतिपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने छन्।







