१३ औं राष्ट्रिय पोल्ट्री दिवसः चितवनमा प्रभातफेरीको आयोजना

भोली १३ औं राष्ट्रिय पोल्ट्री दिवस २०८२ भव्य रुपमा मनाइँदैछ । नेपालमा आधुनिक कुखुरापालन सुरु भएको दिनको रुपमा पौस १७ गतेलाई पोल्ट्री व्यवसायीहरुले महान चाडको रुपमा मनाउने गर्छन । २०१७ सालदेखि सुरु भएको कुखुरापालन व्यवसाय क्रमशः व्यवसायिकीकरण र आधुनिकिकरणतर्फ उन्मुख हुँदै गइरहेको छ । विसं २०१७ पुस १७ गते बाराको परवानीपुरमा तत्कालीन राजा महेन्द्रले सेन्ट्रल हृयाचरीको उद्घाटन गरेका थिए । त्यसपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको व्यवसायीहरुको मत छ । २०७० देखि पुस १७ गते नेपालमा राष्ट्रिय पोल्ट्री दिवस मनाउन सुरु भएको हो ।

चितवनलाई केन्द्र मानेर प्रत्येक बर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसको अवसरमा बिहिबार प्रभातफेरीको आयोजना गरिएको छ । मञ्चको कार्यालय परिसरबाट बाजागाजा र प्लेकार्ड ,झाकी सहित प्रभातफेरी गरी चौबिसकोठी,हाकिमचोक,स्याउलीबजार परिक्रमा गरी चितवन औधोगिक प्रर्दशनीमा जम्मा भई समापन गरिने भट्टले बताउनुभयो ।

सेयर गर्नुहोस्