नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाजमार्फत ३ बजे त्यतातिर प्रस्थान गरेका हुन् ।
नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।






