नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलले शासन सत्ता सञ्चालन गर्न नसक्दा अहिलेको अवस्था आएको बताएका छन्। कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले देश संकटमा परेको बताए। जेनजी आन्दोलनपछि संकट आएको चर्चा गर्दै उनले भने, ‘यो देश र प्रजातन्त्र जोगाउनु छ।’
अहिलेसम्म विभिन्न आन्दोलन गरे पनि शासन चलाउन नसक्दा यो अवस्था आएको उनको भनाइ थियो। ‘असल मान्छे छैन भने जति पद दिए पनि मुलुक बन्दैन,’ भण्डारीले भने, ‘समाजमा आशा जगाउन सकेनौं। आन्दोलन गर्न सक्यौं, शासनसत्त सञ्चालन गर्न सकेनौँ।’






