रास्वपाको चुनावीसभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् ।

तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् ।

सेयर गर्नुहोस्