नारायणी नदीमा एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा अन्दाजी २८/२९ वर्षीय सुदिप थापा मगरको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिका–२९ निवासी सुदिप हिजो (बिहीबार) नारायणी नदीमा हामफालेर बेपत्ता भएका थिए ।
उनको शव आज दिउँसो १२ः४५ बजे नदीमा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






