घरमै पुगेर महिलाहरुले गरे भव्य स्वागत चितवन – नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार मिना खरेलले चुनावी अभियान सुरु गरेकी छन् । भरतपुरको लन्कु स्थित उनको घरबाट शुरु भएको चुनावी अभियानमा राजनितिक दलका विभिन्न महिलाहरुले उनको घरमै पुगेर आज भव्य स्वागत गरेका हुन् । कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा, टोल लगाएत सबै तहका महिलाहरूको उत्साहजन सहभागिता रहेको थियो। जसमा उनिहरुले खरेललाई आशिर्वाद दिँदै जितको शुभकामना व्यक्त गरे । यस्तै मिना खरेलले आफ्नै निवासमा आएर महिला, आमाबुवाहरुबाट आशिर्वाद पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले महिलाहरूको उत्साहजनक उपस्थितिले आफ्नो जित भएको अनुभव गराएको बताईन् । उनी भन्छिन्, बाल मस्तिष्कदेखि राजनीतिक चेत भोगेर राजनीतिक बुझाइलाई समाजसेवाको पाटोबाट निरन्तर महिला बालबालिकाको सेवामा खटिरहे । त्यसको मूल्याङ्कन गर्दै पाटीले दिएको टिकट, मेरो उम्मेदवारीमा पार्टीका साथी र पार्टीमा नभएका अन्य स्वतन्त्र महिलाहरु मीनाको उम्मेदवारी हाम्रो उम्मेदवारी हो भन्नुभएको छ । जस्ले गर्दा समग्र महिलाको प्रतिनिधित्व गर्दै कानुन निर्माण गर्ने ठाउँमा पुगेर समाजको सेवा र बिकासमा हिजो जस्तै भोलिका दिनहरूमा पनि निरन्तरता दिन चाहान्छु । संविधानले ३३% महिलाको व्यवस्था गरे पनि हाल पार्टीका तर्फबाट ११ प्रतिशत मात्रै महिला उम्मेदवार भएकाले निर्वाचनमा होमिन लागेका महिला उम्मेदवारहरूलाई जिताउनुपर्ने चुनौती पनि रहेको उनको भनाई थियो ।
Write to Samiksha Pandey






