चितवन – निर्वाचन नजिकिए संगै चुनावी उमेदवारहरुको प्रचार प्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ। नेपालकै चर्चाको केन्द्र बनेको चितवन २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ। आज भरतपुर १ मा भएको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। मिना खरेलको पक्षमा बढ्दो समर्थन देखिएको छ । कार्यक्रममा उत्साजनक रुपमा कांगेसका नेता-कार्यकर्ता र मिना खरेलका समर्थक उल्लेखनिय उपस्थिती रहेको थियो। भरतपुर १, जुन बजार क्षेत्रको रूपमा परिचित छ र यहाँका मतदाताहरूको संख्या पनि ठूलो छ।
घरदैलो कार्यक्रमका क्रममा मिना खरेललाई मतदाताहरूले खुलेर समर्थन जनाएका छन् । महिलाका अधिकार र बालबालिकाको हकमा ४० वर्षदेखि निरन्तर काम गर्दै आएकी मिना खरेललाई जनताले सम्मानका साथ स्वागत गरेका थिए । खादा र फूलमालाले उनलाई स्वागत गरियो। नेपाली कांग्रेसका नेताहरूले मिना खरेललाई सामाजिक अभियन्ता र काम गर्ने उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्दै भनेका छन्, “यस पटक जनताको विश्वास जित्ने उम्मेदवार मिना खरेल नै हुन्।”
यसैबीच, भरतपुर १ का मुस्लिम समुदायले पनि मिना खरेललाई खुलेर समर्थन गरेका छन्। उनीहरूले भने, “हामीलाई सधैं मिना खरेलबाट सहयोग प्राप्त भएको छ र यसपटक हामी कुनै पार्टीको पक्षमा नभई आफैंले मिना खरेललाई समर्थन गर्नेछौं।” मिना खरेलको कार्यशैलीलाई धर्मनिरपेक्ष र समुदायको भेदभाव नगर्ने र अगाडी पनि समाजका हितमा नै काम गर्ने आफुहरु ढुक्क भएको बताए। उनीहरूले मिना खरेललाई आफ्ना मस्जिद बोलाएर स्वागतसमेत गरेका छन्। यसपटक कुनै पार्टी समुदाय लाई नभई आफुहरुको भोट मिना खरेललाई दिने प्रतिबद्दता व्यक्त गरेका छन् ।
महिला मतदाताहरूले पनि मिना खरेललाई पूर्ण विश्वासका साथ समर्थन गरेका छन्। उनीहरूले भने, “हामी आफ्ना परिवारका सबै सदस्यसँग मिलेर मिना खरेललाई मतदान गर्ने छौं, किनकि उनी महिलाका अधिकारको पक्षमा सधैं सक्रिय रहनुहुन्छ र हामी सबैका लागि समान अधिकारको पक्षधर हुनुहुन्छ।” युवा मतदाताहरूले पनि मिना खरेलको पक्षमा आफ्नो आवाज उठाउँदै भनेका छन्, “हामी यो पटक कुनै पार्टी र सोसियल मिडियाको पछाडि नभई काम गर्ने उम्मेदवारलाई समर्थन गर्नेछौं। समाजिक मुद्दामा प्रतिबद्ध उम्मेदवार मिना खरेललाई मात्र हाम्रा भोट दिनेछौं।” कयौ दिन देखि लगातार घरदैलोमा खटिएकी मिना खरेल ले आफु आज सम्म पनि थकिना महसुस नगरेको बताईन। अझ मतदाताहरुको आफु प्रतिको यो समर्थन र विश्वास देखेर थप उर्जा मिलेको बताइन।
यसरी, मिना खरेलको अभियानमा जनताको समर्थन र विश्वास बढ्दो छ। उनका समर्थकहरूले अझै बलियो विश्वासका साथ भनेका छन् कि यस पटक मिना खरेलको जीत निश्चित छ। भरतपुर १ मा रहेका विभिन्न समुदायका जनताले मिना खरेललाई आफैंले गरेको काम र संघर्षको कारण विश्वास गर्न थालेका छन्। त्यसैले, मिना खरेलको जीत सुनिश्चित हुने संभावना बढ्दै गएको छ र यो अभियान अझ उत्साही र दृढताका साथ अघि बढिरहेको छ। जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै, मिना खरेलले चुनावी प्रतिस्पर्धामा आफ्नो विजयको संभावना अझ सशक्त बनाइरहेकी छिन्।






