सर्लाही-४ मा गगन थापा साढे छ हजार मतले पछाडि

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा साढे छ हजार मतले पछि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग छ हजार ५५३ मतले पछि परेका हुन् ।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले छ हजार ५५३ मत पाएका छन् ।

सर्लाही-४ मा एमालेका अमनिशकुमार यादव तीन हजार २६२ मतसहित तेस्रो रहँदा जनमत पार्टीका राकेशकुमार मिश्र एक हजार २२ मतसहित चौथो स्थानमा छन् ।

 

सेयर गर्नुहोस्